दफा ४२
प्रदर्शन र हड्ताल गर्नमा प्रतिबन्ध
श्रमजीवी पत्रकारले नेपालको सार्वभौमसत्ता र
अखण्डतामा आँच आउने गरी, देशको शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादा
तथा अदालतको निर्णयको अवहेलना हुने गरी विभिन्न जात जाति, धर्म, वर्ग, क्षेत्र र
सम्प्रदायका मानिसहरूबीच वैमनस्य उत्पन्न गराउने वा साम्प्रदायिक दुर्भावना फैलाउने गरी
वा कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन गर्न, हड्तालमा भाग लिन वा सो कार्य गर्ने
उद्देश्यले अरुलाई उकास्न समेत हुँदैन ।